काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेटको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारमा आबद्ध उन्मुक्त चन्द नेपाल आईपुगेका छन् ।
लुम्बिनीका विदेशी खेलाडी चन्द शुक्रबार नेपाल आईपुगेका हुन् । २९ वर्षीय चन्दले २०१२ मा अष्ट्रेलियामा आयोजना भएको यू-१९ विश्वकपमा भारतलाई च्याम्पियन बनाएका थिए ।
लुम्बिनीको टोलीमा ११ नेपाली तथा ७ विदेशी खेलाडी रहेका छन् । दीपेन्द्र सिंह ऐरी लुम्बिनीको कप्तान रहेका छन् ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट सुरु हुनेछ । लुम्बिनीको पहिलो खेल ९ गते नै फार वेस्टर्न युनाईटेडसँग रहेको छ ।
६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २७ मा रहेको छ ।
लुम्बिनीको टोली-
नेपाली खेलाडी - दीपेन्द्र सिंह ऐरी(मार्की खेलाडी तथा कप्तान),कुशल भुर्तेल,सागर ढकाल,अनिल कुमार शाह,गुल्सन कुमार झा,किशोर महतो,तिलक राज भण्डारी,योगेन्द्र सिंह कार्की,सुनिल धमला,इशान पाण्डे र आकाश चन्द
विदेशी खेलाडी - हरमीत सिंह, विपुल शर्मा, उन्मुक्त चन्द, लाहिरु मिलान्था, क्लाउड भान शाल्विक, ह्यारी टेक्टर र प्याट ब्रोन