काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने क्यानले जनाएको छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने क्यानले जनाएको छ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता भोलि शनिबारबाट सुरु हुँदैछ ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ ।
पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारको सहभागिता रहेको छ ।
क्यानले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौं नाइट भिड्ने छन् ।
शनिबार नै लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
खेल तालिका -
