काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा फ्रेन्चाईज टोली जनकपुर रोयल्स र काठमाडौं नाईट्समा अनुबन्ध भएका तीन अफगानि क्रिकेटर नेपाल आईपुगेका छन् ।
रोयल्समा आबद्ध अलराउण्डरद्वय शरफुदिन असरफ तथा शमिउल्लाह सिनवारी र काठमाडौं नाईट्समा आबद्ध अर्का अलराउण्डर अनमतुल्लाह उमरजाई नेपाल आईपुगेका हुन् ।
यस लिगमा रोयल्सको कप्तानी वेस्ट इण्डिजका ट्रेभोन ग्रिफिथले गर्ने भएका छन् । काठमाडौंले भने आफ्नो कप्तानको नाम सार्वजनिक गरेको छैन ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता शनिबारबाट सुरु हुनेछ । जनकपुरको पहिलो खेल पोखरा एभेन्जर्सविरुद्ध रहेको छ ।
काठमाडौंको पहिलो खेल पोखरा एभेन्जर्ससँग रहेको छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
जनकपुरको टोली -
विदेशी खेलाडी - केसरिक विलियम्स, चाडविक वाल्टन, ट्रेभोन ग्रिफिथ(कप्तान), शरफुदिन असरफ, शमिउल्लाह सिनवारी, अशान प्रियान्जन
नेपाली खेलाडी - सोमपाल कामी(मार्की खेलाडी),सन्दीप जोरा,आदील आलम, दिलिप नाथ, ललित नारायण राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ,जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी
काठमाडौं नाइट्स -
नेपाली खेलाडी - ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी), लोकेश बम, वसिर अहमद, कमल सिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी
विदेशी खेलाडी - रायन वर्ल, विरनदिप सिंह, अजमतुल्लाह उमरजाई र एलेक्स ब्लेक