काठमाडौं । शनिबारबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि पोखरा एभेन्जर्समा अनुबन्ध भएका जाहिर खान तथा अभिमन्यु मिथुन नेपाल आईपुगेका छन् ।
अफगानिस्तानका खान तथा भारतीय मिथुन बिहिबार नेपाल आईपुगेको पोखराले जनाएको हो । आसिफ शेख पोखराको मार्की खेलाडी रहेका छन् ।
पोखराको मुख्य प्रशिक्षकमा सामसन जंग थापा रहेका छन् ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग आगामी शनिबारबाट सुरु हुनेछ ।
पोखराको पहिलो खेल काठमाडौं नाईटसँग रहेको छ ।
६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ ।
सम्पुर्ण खेल किर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।
पोखराको टोली-
नेपाली खेलाडी - आसिफ शेख (मार्की खेलाडी),शरद भेषवाकर,प्रतिश जिशी,सिद्धान्त लोहनी,कृष्ण कार्की,मौषम ढकाल,विपिन खत्री,तुल बहादुर थापा,सुमित महर्जन,विशाल विक्रम केसी,आरिफ शेख र कुशल मल्ल
विदेशी खेलाडी - मोहम्मद हाफिज,उपल थरंगा,जाहिर खान,अभिमन्यु मिथुन र अमिर हम्जा