काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजका लागि इंग्ल्याण्डको टोली घोणा भएको छ ।
२१ महिना देखि टिम बाहिर रहेका जोफ्रा आर्चरलाई समेटेर जोस बटलरको कप्तानीमा १४ सदस्सीय टिम घोषणा भएको हो ।
आर्चरले सन् २०१९ को एकदिवसीय विश्वकप जित्दा इंग्ल्याण्डका लागि सर्वाधिक विकेट लिएका थिए ।
उनले अन्तिम पटक सन् २०२१ को मार्चमा भारतविरुद्ध इंग्ल्यान्डका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।
कुहिनोको समस्याले ग्रस्त उनले दुई पटक शल्यिक्रिया गरेका थिए ।
तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल जनवरी २७ मा ब्लोमफोन्टेनमा सुरु हुनेछ ।
इंग्ल्याण्डको टोली
जोस बटलर (कप्तान), मोईन अली, जोफ्रा आर्चर, ह्यारी ब्रुक, साम कुरन, बेन डुकेट, डेविड मलान, आदिल राशिद, जेसन रोय, फिलप साल्ट, ओली स्टोन, रीच टोप्ले, डेविड विली र क्रिस वोक्स
