काठमाडौं । जावलाखेल युथ क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब १ - ० ले गोल अन्तरले हराएर जावालाखेलले पहिलो जित निकालेको हो ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा जावलाखेललाई जित दिलाउन अरुज सिंहले पेनाल्टीमा निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८८ औं मिनेटमा अरुजले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई जित दिलाए ।
खेलमा जावलाखेलका आदम ओदोम्बिया म्यान अफ दि म्याच चुनिए ।
जितसंगै जावलाखेल लिगको दशौं स्थानमा उक्लिएको छ । जावलाखेलले ४ अंक जोडेको छ ।३ अंक जोडेको ब्रिगेड १२ औं स्थानमा छ ।