काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टी-ट्वान्टी लिग शनिबारबाट त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आयोजना हुदैछ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यस लिगमा काठमाडौं नाइट राईडर्स,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
यस लिगमा ६७ नेपाली तथा ३३ विदेशी खेलाडी छनोट भएका छन् । लुम्बिनी अल स्टार्सले ७ विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले ६/६ विदेशी खेलाडी अनुबन्ध गरेको छ । फार वेष्ट युनाइटेड र पोखरा एभेन्जर्सले समान ५/५ तथा काठमाडौं नाइट्समा ४ विदेशी खेलाडी अनुबन्धित छन् ।
६ टोलीको टिममा कस्ता खेलाडी ?
काठमाडौं नाइट्स -
नेपाली खेलाडी - ज्ञानेन्द्र मल्ल (मार्की खेलाडी), लोकेश बम, वसिर अहमद, कमल सिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी
विदेशी खेलाडी - रायन वर्ल, विरनदिप सिंह, अजमतुल्लाह उमरजाई र एलेक्स ब्लेक
पोखरा एभेन्जर्स -
नेपाली खेलाडी - आसिफ शेख (मार्की खेलाडी), शरद भेषावकर, आरिफ शेख, कुशल मल्ल, विपिन खत्री, सुमित महर्जन, कृष्ण कार्की, सिद्धान्त लोहनी, प्रतिश जिसी, विशाल विक्रम केसी र तुल बहादुर थापा
विदेशी खेलाडी - मोहम्मद हाफिज, जाहिर खान, अमिर हम्जा,
विराटनगर सुपर किंग्स -
नेपाली खेलाडी - रोहितकुमार पौडेल (मार्की खेलाडी), अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, नारायण जोशी, सूर्य तामाङ, अमर सिंह राउटेला, प्रदिप ऐरी, पृथु बास्कोटा र रिजन ढकाल
विदेशी खेलाडी - सिकन्दर राजा, हुसेन तलात, आन्द्रे म्याकार्थी(कप्तान), गौरन्शु शर्मा, किओन जोसेफ, राज रोक्की नानन
फार वेष्ट युनाइटेड -
नेपाली खेलाडी - करण केसी (मार्की खेलाडी), विनोद भण्डारी, भिम शार्की, देव खनाल, रसिद खान, दुर्गेश गुप्ता, भुवन कार्की, हरिशंकर साह, बसन्त कार्की, प्रकाश जैसी, हसिम अन्सारी र शेर मल्ल
विदेशी खेलाडी - मोहमद शाहजाद, सेन विलियम्स, म्याथ्यु फोर्ड, हजमतुल्लाह शाहिदी र उमर अली
जनकपुर रोयल्स-
जेपाली खेलाडी - सोमपाल कामी (मार्की खेलाडी), सन्दीप जोरा, आदिल आलम, दिलिप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश पुलामी र खड्ग बोहरा
विदेशी खेलाडी - चाडविक वाल्टन, ट्रेभोन ग्रिफिथ(कप्तान), केसरिक विलियम्स, अशान प्रियान्जन, सरफुद्दिन असरफ, समिउल्लाह सेनवारी
लुम्बिनी अल स्टार्स-
नेपाली खेलाडी - दीपेन्द्र सिंह ऐरी (मार्की खेलाडी तथा कप्तान), कुशल भुर्तेल, सागर ढकाल, गुल्सनकुमार झा, सुनिल धमला, योगेन्द्र सिंह ऐरी, किशोर महतो, इशान पाण्डे, अनिलकुमार साह, आकाश चन्द र तिलक भण्डारी
विदेशी खेलाडी - विपुल शर्मा, प्याट ब्राउन, हर्मित सिंह, लहिरु मिलान्था, शाड्ले भान शाल्कवाएक, ह्यारी टेक्टर र उन्मुक्त चन्द