काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेटको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले आफ्नो टोलीको कप्तानको नाम सार्वजनिक गरेको छ ।
लुम्बिनीले बुधबार साँझ राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिएको हो । दीपेन्द्र लुम्बिनीका मार्की खेलाडी समेत हुन् ।
लुम्बिनीले सोमबार नै आफ्नो १८ सदस्सीय टोलीको घोषणा गरिसकेको छ । घोषित टोलीमा ११ नेपाली तथा ७ विदेशी खेलाडी रहेका छन् ।
लुम्बिनीमा इंग्ल्याण्डका पिटर ट्रेगो मुख्य प्रशिक्षक तथा मनोज कटवाललाई प्रशिक्षकमा रहेका छन् ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग पुस ८ गतेबाट सुरु हुनेछ । लुम्बिनीको पहिलो खेल ८ गते नै फार वेस्टर्न युनाईटेडसँग रहेको छ ।
६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ ।
लुम्बिनीको टोली-
नेपाली खेलाडी - दीपेन्द्र सिंह ऐरी(कप्तान तथा मार्की खेलाडी),कुशल भुर्तेल,सागर ढकाल,अनिल कुमार शाह,गुल्सन कुमार झा,किशोर महतो,तिलक राज भण्डारी,योगेन्द्र सिंह कार्की,सुनिल धमला,इशान पाण्डे र आकाश चन्द
विदेशी खेलाडी - हरमीत सिंह, विपुल शर्मा,उन्मुक्त चन्द, लाहिरु मिलान्था, क्लाउड भान शाल्विक, ह्यारी टेक्टर र प्याट ब्रोन