हसन अलिलाई समेट्दै पाकिस्तानको टोली घोषणा
बुधबार, ०६ पौष २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली पाकिस्तानले न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि बाबर आजमको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको छ ।
आजमको कप्तानीमा पाकिस्तानले न्युजिल्यान्डविरुद्ध २ खेलको टेस्ट सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल २६ डिसेम्बरबाट सूरु हुनेछ ।
पाकिस्तानका लागि तीव्र गतिका बलर हसन अलीलाई टोलीमा फिर्ता भएका छन् । मध्यक्रमका ब्याट्सम्यान कमरान गुलामलाई टोलीमा समावेश गरेको छ ।
नसीम शाह पनि चोट मुक्त भएर टोलीमा फर्किएका छन् । नशिमले काँधको चोटका कारण इंग्ल्यान्डविरुद्धको पछिल्ला दुई टेस्ट गुमाएका थिए ।
पाकिस्तानी टिम
बाबर आजम (कप्तान), अब्दुल्लाह शफिक्युब, अबरार अहमद, आगा सलमान, हसन अली, इमाम उल हक, कमरान गुलाम, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम, नसीम शाह, नुमान अली, सरफराज अहमद, साउदद शकील, शान मसूद र जाहिद मेहमुद

#PAK





-1777639738077.jpeg&w=3840&q=75)




-1777808400835.jpeg&w=3840&q=75)





