काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सको कप्तानी आन्द्रे म्याकार्थीले गर्ने भएका छन् ।
विराटनगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै वेस्ट इन्डिजका ब्याट्सम्यानले गर्ने जनाएको छ ।
३५ बर्षिय उनले वेस्ट इण्डिजका लागि २ एकदिवसीय अन्तराष्ट्रिय तथा १ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
विराटनगरले म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टिम समेत घोषणा गरेको छ ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल भने विराटनगरको उपकप्तान रहने छन् ।
विराटनगरले प्रतियोगिताका लागि जर्सी समेत सार्वजनिक गरेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
विराटनगरको पहिलो खेल पुस ९ गते लुम्बिनी अल स्टारसँग रहेको छ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
विराटनगरको टिम -
विदेशी - सिकन्दर राजा, हुसेन टलट, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, कियोन जोसेप, राज रोक्की नानन
नेपाली - रोहित पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव,शाहब आलम,अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी,पृथु बास्कोटा, रिजन ढकाल