काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजम टेस्ट क्रिकेटको ब्याटिङ वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा आजम दोस्रो स्थानमा उक्लिएका हुन् ।
इंग्ल्यान्डविरुद्धको अन्तिम टेस्टमा दुई अर्धशतक बनाएपछि उनको वरीयता सुधार भएको हो ।
बाबरको यो टेस्ट ब्याटिङतर्फ करियरकै उच्च वरीयता हो ।
बाबर एकदिवसीयको ब्याटिङमा शीर्ष स्थानमा रहेका छन् । टी-ट्वान्टीतर्फ भने चौंथो स्थानमा रहेका छन् ।
अष्ट्रेलियाका मार्नुस लाबुसेनले टेस्टको ब्याटिङ वरीयताको शीर्ष स्थानमा रहेका छन् ।