काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली विराटनगर सुपर किङ्सले टिम घोषणा गरेको छ।
विराटनगरले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्द्रे म्याकार्थीको कप्तानीमा १७ सदस्सीय टिम घोषणा गरेको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
विराटनगरको टिम -
विदेशी - सिकन्दर राजा, हुसेन टलट, आन्द्रे म्याकार्थी, गौरन्शु शर्मा, कियोन जोसेप, राज रोक्की नानन
नेपाली - रोहित पौडेल, अर्जुन साउद, नन्दन यादव, विवेक यादव,शाहब आलम,अमर सिंह रौटेला, नारायण जोशी, सुर्य तामाङ, प्रदिप सिंह ऐरी,पृथु बास्कोटा, रिजन ढकाल
