काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेटको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारका मुख्य प्रशिक्षक पिटर ट्रेगो नेपाल आईपुगेका छन् ।
लुम्बिनीका मुख्य प्रशिक्षक ट्रेगो आज बुधबार नेपाल आईपुगेका हुन् । बुधबार नै लुम्बिनीका अन्य ५ विदेशी खेलाडी पनि नेपाल आईपुगेका छन् ।
नेपाल आईपुग्ने विदेशी खेलाडीमा भारतका हरमीत सिंह र विपुल शर्मा तथा श्रीलंकाका लाहिरु मिलान्था रहेका छन् । नेपाल आईपुग्ने अन्य विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका क्लाउड भान शाल्विक तथा इंग्ल्याण्डका प्याट ब्रोन रहेका छन् ।
लुम्बिनीको टोलीमा ११ नेपाली तथा ७ विदेशी खेलाडी रहेका छन् । दीपेन्द्र सिंह ऐरी लुम्बिनीको मार्की खेलाडी रहेका छन् ।
लुम्बिनीमा मनोज कटवाल प्रशिक्षकमा रहेका छन् ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग पुस ८ गतेबाट सुरु हुनेछ । लुम्बिनीको पहिलो खेल ८ गते नै फार वेस्टर्न युनाईटेडसँग रहेको छ ।
६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ ।
लुम्बिनीको टोली-
नेपाली खेलाडी - कुशल भुर्तेल,सागर ढकाल,अनिल कुमार शाह,गुल्सन कुमार झा,किशोर महतो,तिलक राज भण्डारी,योगेन्द्र सिंह कार्की,सुनिल धमला,इशान पाण्डे र आकाश चन्द
विदेशी खेलाडी - हरमीत सिंह, विपुल शर्मा, उन्मुक्त चन्द, लाहिरु मिलान्था, क्लाउड भान शाल्विक, ह्यारी टेक्टर र प्याट ब्रोन