काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा फ्रेन्चाईज टोली जनकपुर रोयल्समा अनुबन्ध भएका केसरिक विलियम्स नेपाल आईपुगेका छन् ।
वेस्ट इन्डिजका विलियम्स मंगलबार साँझ नेपाल आईपुगेका हुन् । यस लिगमा रोयल्सको कप्तानी वेस्ट इण्डिजका ट्रेभोन ग्रिफिथले गर्ने भएका छन् ।
जनकपुरबाट वेस्ट इन्डिजका विकेटकिपर चाडविक वाल्टनले समेत खेल्ने छन् ।अफगानिस्तानका अलराउण्डर शरफुदिन असरफ, शमिउल्लाह सिनवारी, श्रीलंकाका अशान प्रियान्जन पनि जनकपुरमा आबद्द छन् ।
जनकपुरको मार्की खेलाडी सोमपाल कामी रहेका छन् । जनकपुरले भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ । जनकपुरको पहिलो खेल ९ पुसमा पोखरा एभेन्जर्सविरुद्ध रहेको छ ।
प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
जनकपुरको टोली -
विदेशी खेलाडी - केसरिक विलियम्स, चाडविक वाल्टन, ट्रेभोन ग्रिफिथ(कप्तान), शरफुदिन असरफ, शमिउल्लाह सिनवारी, अशान प्रियान्जन
नेपाली खेलाडी - सोमपाल कामी(मार्की खेलाडी),सन्दीप जोरा,आदील आलम, दिलिप नाथ, ललित नारायण राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ,जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी