काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली काठमाडौं नाईट राईडर्सले टिम घोषणा गरेको छ ।
काठमाडौंले मंगलबार आफ्नो १५ सदस्सीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा ११ नेपाली तथा ४ विदेशी खेलाडी रहेका छन् ।
काठमाडौंको मार्की खेलाडी ज्ञानेन्द्र मल्ल रहेका छन् ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ । काठमाडौंले प्रतियोगिताको उद्घाटन खेलमा पोखरा एभेन्जर्ससँग खेल्नेछ ।
पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
काठमाडौंको टोली -
विदेशी खेलाडी - विरनदिप सिंह,रायन वर्ल,अजमतुल्लाह उमरजाई,एलेक्स बाल्की
नेपाली खेलाडी - ज्ञानेन्द्र मल्ल,अनिल खरेल,गौतम केसी,कमलसिंह ऐरी,बासिर अहमद,अविनाश बोहोरा,सन्दीप रजाली,सन्तोष कार्की,सौरभ खनाल,लोकेश बम र सुनम गौतम
