काठमाडौं । नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली जनकपुर रोयल्सले टिम घोषणा गरेको छ ।
जनकपुरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै जमैकाका ओपनर ट्रेभोन ग्रिफिथको कप्तानीमा १७ सदस्सीय टिम घोषणा गरेको हो ।
जनकपुरको मार्की खेलाडी सोमपाल कामी रहेका छन् । यस्तै भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
जनकपुरको टोली -
विदेशी खेलाडी - केसरिक विलियम्स, चाडविक वाल्टन, ट्रेभोन ग्रिफिथ, शरफुदिन असरफ, शमिउल्लाह सिनवारी, अशान प्रियान्जन
नेपाली खेलाडी - सोमपाल कामी,सन्दीप जोरा,आदील आलम, दिलिप नाथ, ललित नारायण राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ,जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी
