काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पूर्व उपकप्तान सीता राना मगरको ब्याटिङ वरीयता यथावत रहेको छ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अपडेट गरेको टी-ट्वान्टी अन्तराष्ट्रियको नयाँ वरीयतामा सीता ब्याटिङतर्फ ७२ औं स्थानमा यथावत रहेकी छिन् ।
अघिल्लो वरीयतामा समेत सीता ७२ औं स्थानमै रहेकी थिइन् ।
ब्याटिङतर्फ अष्ट्रेलियाकी ताहिला म्याकगार्थ शीर्ष स्थानमा रहेको थिइन् ।
बलिङतर्फ नेपालकी कविता कुवँरको वरीयता समेत यथावत रहेको छ ।
कविता नयाँ वरीयतामा ९६ औं स्थानमा रहेकी छिन् ।
बलिङमा इंग्ल्यान्डकी सोफी शीर्ष स्थानमा रहेकी छिन् ।
वरीयताको शीर्ष १०० भित्र सीता र कविता बाहेक अन्य नेपाली खेलाडी अटाएका छैनन् ।
टी-ट्वान्टीको महिला वरीयतामा नेपाल १७ औं स्थानमा यथावत रहेको छ ।