काठमाडौं । पाहुना टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा क्लिन स्विप गरेको छ ।
तीन खेलको टेस्ट सिरिजमा भ्रमणकारी टोलीले कराँचीमा भएको तेस्रो खेल ८ विकेटले जितेसँगै सिरिजमा ३-० ले क्लिन स्विप गरेको हो ।
घरेलु टोलीले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले २ विकेट गुमाएर पुरा गर्यो ।
इंग्ल्याण्डका लागि बेन डुकले ७८ बलमा अविजित ८२ रनको अर्धशतकीय ईनिङ खेले । उनले १२ चौका प्रहार गरेका थिए । ज्याक क्रोली ४१ रनमा आउट हुँदा कप्तान बेन स्टोक्स ३५ रनमा अविजित रहे ।
घरेलु टोलीका लागि अबार अहमदले २ विकेट लिए ।
सुरुमा टस जितेर घरेलु टोलीले पहिले ब्याटिङ गरेकोमा ३ सय ४ रनमा अलआउट भयो ।
घरेलु टोलीका लागि कप्तान बाबर अजाम र आगा सलमानले अर्धशतक प्रहार गरेका थिए ।
बाबरले १ सय २३ बलमा ७८ तथा सलमानले ९३ बलमा ५६ रन बनाएका थिए । अजहर अलि ४५ तथा शान मसुद ३० रनमा आउट भए । साउद सकिलले २३ रन जोड्दा नुमुन अलिले २० रन जोडे ।
पाहुना टोलीका लागि ज्याक लिचले ४ तथा रिहान अहमदले २ विकेट लिए । जोय रुट,ओली रोविन्सन र मार्क उडले समान १/१ विकेट आफ्नो नाम गरे ।
पहिलो पारीमा पाहुना टोलीले ३ सय ५४ रन मात्र बनाउन सक्यो । भ्रमणकारी टोलीका ह्यारी ब्रुक्सले १ सय ५० बलमा ८ चौका र ३ छक्काको सहयोगमा १ सय ११ रनको शतकीय ईनिङ खेलेका थिए । बेन फोक्स र ओली पोपले अर्धशतकीय ईनिङ खेलेका थिए ।
फोक्सले ६४ तथा पोपले ५१ रन बनाएका थिए । मार्क उड ३५ तथा ओली रोविन्सन २९ आउट भएका थिए ।
कप्तान बेन स्टोक्स र बेन डुकेटले समान २६/२६ रन बनाए ।
घरेलु टोलीका लागि अबार अहमद र नुमान अलिले समान ४/४ तथा मोहम्मद वासिमले १ विकेट लिएका थिए ।
पहिलो पारीमा ५० रनले पछि परेको घरेलु टोलीले दोस्रो पारीमा २ सय १६ रन बनायो ।
दोस्रो पारीमा घरेलु टोलीका लागि कप्तान बाबर अजाम र साउद सकिलले अर्धशतकीय ईनिङ खेले । बाबरले ५४ तथा सकिलले ५३ रनको अर्धशतकीय ईनिङ खेले ।
अब्दुल्लाह सफिक्युले २६ रन जोड्दा शान मसुदले २४ रन जोडेका थिए । आगा सलमान २१ तथा नुमान अलि १५ रनमा आउट भए ।
दोस्रो ईनिङमा पाहुना टोलीका लागि रिहान अहमदले ५ तथा ज्याक लिचले ३ विकेट लिए । जोय रुट र मार्क उडको नाममा समान १/१ विकेट रह्यो ।