काठमाडौं । भारतीय कप्तान रोहित शर्माले घरेलु टोली बंगलादेशसँगको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
शर्माले दुई टेस्ट सिरिजको दोस्रो खेल गुमाउने भारतीय क्रिकेट बोर्डले जनाएको छ । चोटका कारण शर्माले पहिलो टेस्ट पनि गुमाएका थिए ।
भारतीय क्रिकेट टिमका कप्तान शर्मालाई बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलका क्रममा बायाँ हातको औंलामा लागेको चोट लागेको थियो ।
चिकित्सकको सल्लाह बमोजिम उनको बारेमा यो निर्णय लिईएको बीसीसीआईले जनाएको छ । दुई खेलको टेस्ट सिरिजमा भारत १-० ले अघि रहेको छ ।
तीव्र गतिका बलर नवदीप सैनी पनि पेटको मांसपेशीमा आएको समस्याका कारण बाहिरिएका छन् ।
तीव्र गतिका बलर मोहम्मद सामी र अलराउण्डर रविन्द्र जडेजाले चोटका कारण यस सिरिजबाट बाहिरिएका छन् । चयनकर्ताले शमी र जडेजाको स्थानमा नवदीप सैनी र सौरभ कुमारलाई टोलीमा समावेश गरेका छन् ।
छनोट समितिले ओपनर अभिमन्यु ईश्वरम तथा तीव्र गतिका बलर जयदेव उनादकटलाई पनि टेस्ट सिरिजका लागि भारतीय टोलीमा समावेश गरेको छ ।
दोस्रो तथा अन्तिम टेस्ट बिहिबारबाट सुरु हुदैछ ।
भारतीय टोली
केएल राहुल (कप्तान), शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, श्रेयस एयर, ऋषभ पन्त, केएस भरत, रविचन्द्रन अश्विन, अक्षर पटेल, कुलदीप यादव, शार्दुल ठाकुर, मोहम्मद सिराज, उमेश यादव, अभिमन्यु ईश्वरम, नवदीप सैनी, सौरभ कुमार, जयदेव उनादकट