काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेटको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले आफ्नो टोली सार्वजनिक गरेको छ ।
लुम्बिनीले सोमबार आफ्नो १८ सदस्सीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा ११ नेपाली तथा ७ विदेशी खेलाडी रहेका छन् ।
दीपेन्द्र सिंह ऐरी लुम्बिनीको मार्की खेलाडी रहेका छन् ।
लुम्बिनीमा ऐरीका अलावा कुशल भुर्तेल,सागर ढकाल,अनिल कुमार शाह,गुल्सन कुमार झा,किशोर महतो,तिलक राज भण्डारी,योगेन्द्र सिंह कार्की,सुनिल धमला,इशान पाण्डे तथा आकाश चन्द लगायत नेपाली खेलाडी रहेका छन् ।

विदेशी खेलाडीका रुपमा भारतका हरमीत सिंह, विपुल शर्मा र उन्मुक्त चन्द तथा श्रीलंकाका लाहिरु मिलान्था रहेका छन् ।
दक्षिण अफ्रिकाका क्लाउड भान शाल्विक र आयरल्याण्डका ह्यारी टेक्टर तथा इंग्ल्याण्डका प्याट ब्रोन विदेशी खेलाडीका रुपमा छन् ।
लुम्बिनीमा इंग्ल्याण्डका पिटर ट्रेगो मुख्य प्रशिक्षक तथा मनोज कटवाललाई प्रशिक्षकमा रहेका छन् ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग पुस ८ गतेबाट सुरु हुनेछ । लुम्बिनीको पहिलो खेल ८ गते नै फार वेस्टर्न युनाईटेडसँग रहेको छ ।
६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ ।