काठमाडौं । शुक्रबारबाट सुरु हुने नेपाल टी-ट्वान्टी लिगमा सहभागी हुने ६ विदेशी खेलाडी आज सोमबार नेपाल आउदै छन् ।
नेपाल टी-ट्वान्टीमा सहभागी रहने जनकपुर रोयल्सका २ तथा विराटनगर सुपर किंग्सका ४ खेलाडीहरु नेपाल आईपुग्दै छन् । रोयल्समा अनुबन्ध भएका वेस्ट इण्डिजका चाडविक वाल्टन र ट्रेवोन ग्रिफ्ट नेपाल आईपुग्दैछन् ।
त्यस्तै विराटनगरमा अनुबन्ध भएका वेस्ट इण्डिजका आन्द्रे म्याकार्थी र किओन जोसेफ तथा अमेरिकाका गौरान्शु शर्मा र राज रकि नानन रहेका छन् ।
खेलाडी अपरान्ह ४ः४५ मा त्रिभुवन विमानस्थल आईपुग्ने कार्यक्रम रहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुस ८ गतेबाट २६ गतेसम्म हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच खेल हुनेछ ।
पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ ।पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।