काठमाडौं । घरेलु टोलीहरु पाकिस्तान र भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रियका लागि न्युजिल्याण्डले दुई टोलीको घोषणा गरेको छ ।
दुई देशको भ्रमणका लागि दुई फरक टोलीको घोषणा भएको छ । क्यान्टरबरीका अलराउण्डर हेनरी सिप्लेले पाकिस्तान र भारत भ्रमणका लागि न्युजिल्यान्डको टोलीमा पहिलो पटक स्थान बनाएका छन् ।
केन विलियम्सनले पाकिस्तान हुने एकदिवसीयको लागि टोलीको नेतृत्व गर्नेछन् । भारतमा हुने एकदिवसीय सिरिजमा भने सहभागी हुने छैनन् ।
विलियम्सन अनुपस्थितिमा टम लाथमले भारतमा एकदिवसीय टोलीको कप्तानी सम्हाल्नेछन् ।
तीव्र गतिका बलर काइल जेमिसन भने ढाडको चोटका कारण टोलीमा रहेका छैनन् । जेमिसनले यस वर्षको जुनमा नटिंघम टेस्टपछि न्युजिल्यान्डका लागि खेलेका छैनन् ।
न्युजिल्याण्डले पाकिस्तानसँग ३ खेलको एकदिवसीय सिरिज १० जनवरीबाट खेल्नेछ । भारतसँग ३ खेलको एकदिवसीय सिरिज १८ जनवरीबाट खेल्ने छ ।
न्युजिल्याण्डको टोली
केन विलियम्सन (पाकिस्तान एकदिवसीय मात्र कप्तान., टम लाथम (भारत एकदिवसीय मात्र कप्तान), फिन एलेन, माइकल ब्रेसवेल, मार्क च्यापम्यान (भारत एकदिवसीय मात्र), डेभोन कन्वे, ज्याकब डफी (भारत एकदिवसीय मात्र), लकी फर्गुसन, म्याट हेनरी, एडम मिल्ने, डेरिल मिचेल, हेनरी निकोलस, ग्लेन फिलिप्स, मिचेल स्यान्टनर, हेनरी शिपले, इश सोधी, टिम साउदी (पाकिस्तान एकदिवसीय मात्र)
