काठमाडौं । शुक्रबारबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि पोखरा एभेन्जर्सले सामसन जंग थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
आईतबार पोखराले थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग आगामी ८ गतेबाट सुरु हुनेछ ।
पोखराको पहिलो खेल ८ गते नै काठमाडौं नाईटराईडर्ससँग रहेको छ । शरद भेषवाकर पोखराको मार्की खेलाडी रहेका छन् ।
पोखरामा भेषवाकरको अलावा आसिफ शेख,प्रतिश जिशी,सिद्धान्त लोहनी,कृष्ण कार्की,मौषम ढकाल,विपिन खत्री,तुल बहादुर थापा,सुमित महर्जन,विशाल विक्रम केसी,आरिफ शेख,कुशल मल्ल लगायतका नेपाली खेलाडी रहेका छन् ।
६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ ।
सम्पुर्ण खेल किर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।