काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेटको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टारले आयरल्याण्डका ब्याट्सम्यान ह्यारी टेक्टरलाई अनुबन्ध गरेको छ ।
लुम्बिनीले आइतबार आयरल्याण्डका युवा ब्याट्सम्यान टेक्टरलाई अनुबन्ध गरिएको जनाएको छ ।
२३ वर्षीय ह्यारीले अष्ट्रेलियामा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेका थिए ।
लुम्बिनीले यस अघि दक्षिण अफ्रिकाका क्रिकेटर क्लाउड भान शाल्विकलाई अनुबन्ध गरेको थियो ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग पुस ८ गतेबाट सुरु हुनेछ ।
लुम्बिनीको पहिलो खेल ८ गते नै फार वेस्टर्न युनाईटेडसँग रहेको छ ।
दीपेन्द्र सिंह ऐरी लुम्बिनीको मार्की खेलाडी रहेका छन् ।
लुम्बिनीमा ऐरीका अलावा कुशल भुर्तेल,सागर ढकाल,अनिल कुमार शाह,गुल्सन कुमार झा,किशोर महतो,तिलक राज भण्डारी,योगेन्द्र सिंह कार्की,सुनिल धमला,इशान पाण्डे तथा आकाश चन्द लगायत नेपाली खेलाडी रहेका छन् ।
६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ ।