काठमाडौं । आगामी शुक्रबारबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि लुम्बिनी अल स्टारले मनोज कटवाललाई प्रशिक्षकमा नियुक्त गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व सहायक प्रशिक्षक कटवाललाई आईतबार प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो ।
लुम्बिनीले शनिबार मुख्य प्रशिक्षकका रुपमा इंग्ल्याण्डका पिटर ट्रेगोलाई नियुक्त गरेको थियो ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग आगामी ८ गतेबाट सुरु हुनेछ ।
लुम्बिनीको पहिलो खेल ८ गते नै फार वेस्टर्न युनाईटेडसँग रहेको छ ।
दीपेन्द्र सिंह ऐरी लुम्बिनीको मार्की खेलाडी रहेका छन् ।
लुम्बिनीमा ऐरीका अलावा कुशल भुर्तेल,सागर ढकाल,अनिल कुमार शाह,गुल्सन कुमार झा,किशोर महतो,तिलक राज भण्डारी,योगेन्द्र सिंह कार्की,सुनिल धमला,इशान पाण्डे तथा आकाश चन्द लगायत नेपाली खेलाडी रहेका छन् ।
६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ ।
सम्पुर्ण खेल किर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।