काठमाडौं । अर्को साताबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि लुम्बिनी अल स्टारले इंग्ल्याण्डका पिटर ट्रेगोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
शनिबार लुम्बिनीले इंग्ल्याण्डका पिटरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो ।
'व्यवसायिक क्रिकेटमा प्रशिक्षकको पहिलो अवसर पाउदा उत्साहित छु। प्रमुख प्रशिक्षकको रुपमा नेपाल टिट्वान्टी लिग खेल्ने विश्वभरका क्रिकेटरहरुलाई सकारात्मक प्रभाव पार्नेमा आशावादी छु।' ट्रेगोको भनाई उल्लेख गरेर अल स्टार्सले बताएको छ ।
पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग आगामी ८ गतेबाट सुरु हुनेछ ।
लुम्बिनीको पहिलो खेल ८ गते नै फार वेस्टर्न युनाईटेडसँग रहेको छ ।
दीपेन्द्र सिंह ऐरी लुम्बिनीको मार्की खेलाडी रहेका छन् ।
लुम्बिनीमा ऐरीका अलावा कुशल भुर्तेल,सागर ढकाल,अनिल कुमार शाह,गुल्सन झा,किशोर महतो,तिलक राज भण्डारी,योगेन्द्र सिंह कार्की,सुनिल धमला,इशान पाण्डे तथा आकाश चन्द रहेका छन् ।
६ टोली सहभागी यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ । प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ ।
सम्पुर्ण खेल किर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।