काठमाडौ । आगामी शुक्रबारबाट सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि फार वेस्ट युनाईटेडले आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।
फार वेस्टमा अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद शाहजाद सहितका पाँच खेलाडीको नाम सार्वजनिक भएको छ ।
टोलीमा अफगानिस्तानका एकदिवसीय अन्तराष्ट्रिय टोलीका कप्तान हजमतुल्लाह शाहिदी,जिम्बाबेका ब्याट्सम्यान शेन विलियम्स,वेस्ट इण्डिजका अलराउन्डर म्याथ्यु फोर्ड तथा उमर अलि रहेका छन् ।

करण केसी मार्की खेलाडी रहेको फार वेस्टर्नमा विनोद भण्डारी,भिम सार्की,देव खनाल,दुर्गेश गुप्ता,रशिद खान,भुवन कार्की,बसन्त कार्की,हरि शंकर शाह,शेर मल्ल हसिम अन्सारी र प्रकाश जैशी रहेका छन् ।
पुस ८ बाट सुरु हुने यस प्रतियोगितामा ६ टोली सहभागी रहेका छन् । यस प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ ।
प्रतियोगिताको फाईनल खेल भने पुस २६ मा रहेको छ । सम्पुर्ण खेल किर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।
नेपाल टी-ट्वान्टी लिगमा फार वेस्टर्नको पहिलो खेल पुस ८ गते लुम्बिनी अल स्टारसँग रहेको छ ।