काठमाडौं । अष्ट्रेलियाको चर्चित बिग बास लिग(बीबीएल)मा सिड्नी थन्डर्स एडिलेड स्ट्राइकर्ससँग १५ रनमै अलआउट भएको छ ।
यो टि-ट्वान्टी क्रिकेट इतिहासकै सबैभन्दा कम योगफल हो । जारी १२ औं संस्करणको बीबीएलको पाँचौं खेलमा यो किर्तिमान बनेको हो ।
यसअघि टि-ट्वान्टी क्रिकेटमा सबैभन्दा कम योगफल २०१९ मा टर्की चेक रिपब्लिकनविरुद्ध २१ रनमा अलआउट भएको थियो ।
एडिलेटले दिएको १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको सिड्नी ५.५ ओभरमा १५ रनमा अल आउट भयो ।
सिड्नी १ सय २४ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
सिड्नीका लागी सर्वाधिक रन ब्रेन्डन डगेटले ४ रन जोडे । टोलीका लागि पाँच खेलाडीले शुन्य रनमा नै आउट भए ।
एडिलेटका लागि हेनरी र्थोनटनले ५ तथा वास अगरले ४ विकेट लिए ।