एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को मिनी अक्सनमा सुचीकृत सबैभन्दा कान्छा क्रिकेटरमा अफगानिस्तानका स्पिनर अल्लाह मोहम्मद गजान्फर र सबैभन्दा पाका क्रिकेटरमा भारतीय क्रिकेटर अमित मिश्रा रहेका छन् ।
आइपिएल २०२३ को मिनी अक्सनमा नाम दिने अल्लाह सबैभन्दा कान्छा खेलाडी हुन् । अल्लाह मात्र १५ बर्षका रहेका छन् । ४० बर्षका भारतीय क्रिकेटर मिश्रा सबैभन्दा पाका खेलाडी हुन् ।
२३ डिसेम्बरमा कोचीमा हुने अक्सनमा कुल ४ सय ५ क्रिकेट छन् । कुल ९ सय ९१ खेलाडीले नाम दर्ता गराएपनि आइपिएलले सर्ट लिष्टमा ४ सय ५ खेलाडी राखेको थियो ।
दायाँ हाते स्पिनर अल्लाहले न्यूनतम २० लाख भारुमा आफ्नो नाम दर्ता गराएका छन् । केहि महिना अघि आयोजना भएको पाकिस्तान जुनियर लिग(पीजेएल)मा पनि अल्लाहले खेलेका थिए ।
अमित मिश्रा यस आइपीएल अक्सनका सर्वाधिक उमेर भएका खेलाडीको रुपमा रहेका छन् । ४० वर्षीय मिश्राले ५० लाख भारुमा आफ्नो नाम सूचीकृत गराएका छन् ।
मिश्राले आइपिएलमा १ सय ५४ खेल खेल्दै १ सय ६६ विकेट लिएका छन् । मिश्रा गत वर्ष आइपिएल अक्सनमा १ करोड ५० लाख न्यूनतम मूल्य राखेपछि अनसोल्ड भएका थिए ।
आइपीएल २०२३ मा बढीमा ८७ खेलाडीमा बोली लाग्नेछ । त्यसमा ३० विदेशी खेलाडीको रहने छन् ।
सर्वाधिक बढी रकम अक्सनमा खर्च गर्न पाउने टोली सनराइजर्स हैदराबाद हो । हैदराबादसँग ४२.२५ करोड भारु रहेको छ ।
सबैभन्दा कम कोलकाता नाइट राइडर्ससँग ७.५ करोड भारु मात्र रहेको छ ।