काठमाडौं । आगामी साताबाट सुरु हुने नेपाल टी-ट्वान्टी लिगमा पाकिस्तानका अलराउण्डर हुसेन तालत विराटनगर किंग्समा अनुबन्ध भएका छन् ।
विराटनगरले आज सामाजिक संजालबाट तालतलाई अनुबन्ध गराएको जानकारी गराएको हो ।
तालतले पाकिस्तानका लागि १ एकदिवसीय अन्तराष्ट्रिय तथा १८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
उनले एकदिवसीयमा २ तथा टी-ट्वान्टीमा ३ सय ९४ रन बनाएका छन् ।
उनको नाममा ४ अन्तराष्ट्रिय विकेट रहेको छ ।

विराटनगरको मार्की खेलाडीमा नेपाली टोलीका कप्तान रोहित पौडेल छन् ।
विराटनगरमा रोहितसँगै, अर्जुन साउद, नन्दन यादव, विवेक यादव, साहब आलम, नारायण जोशी, सूर्य तामाङ, अमरसिंह राउटेला, प्रदीप ऐरी, पृथु बाँस्कोटा र रिजन ढकाल छन् ।
प्रतियोगिता २३ डिसेम्बर देखि १० जनवरीसम्म टियु मैदानमा हुनेछ ।
विराटनगरले पहिलो खेल २४ डिसेम्बरमा लुम्बिनी अल स्टार्ससँग खेल्नेछ । प्रतियोगितामा ६ टोली सहभागीता रहेकोमा डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा हुनेछ ।