एजेन्सी । पाकिस्तानका ब्याट्सम्यान अजहर अलीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टपछि टेस्ट क्रिकेट पछि सन्यास लिने भएका छन् । तेस्रो तथा अन्तिम टेस्ट शनिबारदेखि कराँचीमा सुरु हुदैछ ।
'उच्चस्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि ठूलो सम्मान र सौभाग्यको कुरा हो ।' उनले भने, 'यसबाट कहिले बाहिरिने भन्ने निर्णय गर्न जहिले पनि कठिन हुने रहेछ । तर, गहिरो विचार गरेपछि मैले महसुस गरें कि यो मेरो लागि टेस्ट क्रिकेटबाट सन्यास लिने सही समय हो ।'
३७ बर्षिय अलिले पाकिस्तानका लागि ९६ टेस्टमा ७ हजार ९७ रन बनाएका छन् । ५३ एकदिवसीयमा उनले १ हजार ८ सय ४५ रन बनाएका छन् ।