काठमाडौं । पाकिस्तान सुपर लिग(पीएसएल) २०२३ का लागि खेलाडी छनोटका लागि भएको खेलाडी ड्राफ्ट बिहिबार सम्पन्न भएको छ ।
ड्राफ्ट मार्फत विभिन्न खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन् । तर, ड्राफ्टमा सुचिकृत सात नेपाली खेलाडी माथी कुनै पनि टोलीको नजर नपर्दा सबै जना अनसोल्डमा भएका छन् ।
नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए ।
नेपालका ओपनर कुशल भुर्तेल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी पीएसएल ड्राफ्टको विदेशी खेलाडीको गोल्डेन क्याटागोरीमा परेका थिए ।
विदेशी खेलाडीको सिल्भर क्याटागोरीमा नेपालका पाँच खेलाडी रहन सफल भएका थिए ।
विकेट किपर तथा ओपनरद्वय अर्जुन साउद र सुवास खकुरेल, फास्ट बलर सोमपाल कामी ,अफस्पिन अलराउण्डर पवन सर्राफ र फास्ट बलिंग अलराउण्डर आदील अन्सारी ड्राफ्टमा परेका थिए ।
आगामी वर्षको फेब्रुअरी ९ बाट प्रतियोगिता सुरु हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन ।