काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम आर्मी र हिमालयन शेर्पाको प्रर्दशन र नतिजा उस्तै उस्तै छ । दुवैले समान ३ जित र एक बराबरीको नतिजा निकालेका छन् ।
लिगको पाँचौ चरणमा मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य तालिकामा स्थान सुधार गर्नु हुनेछ । जित निकाल्ने टोलीले लिगमा दोस्रो स्थान कब्जा गर्नेछ ।
चौथो स्थानको आर्मीको ४ खेलबाट १० अंक छ । समान अंक भएपनि शेर्पा छैटौ स्थानमा छ । गोल अन्तरका आधारमा आर्मी फाईदामा छ ।
त्यस अगाडी एन्फा कम्प्लेक्समा मछिन्द्र क्लब र फ्रेन्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछ । बिहान ११ बजे हुने खेलमा मैदान उत्रदै गर्दा दुवै टोलीको लक्ष्य लिगमा पहिलो जित निकाल्नु हुनेछ । दुवै टोलीले अहिलेसम्म लिगमा ३ अंक बटुल्न सकेका छैनन् ।
मछिन्द्र २ अंक सहित ११ औ स्थानमा छ । उसले २ हार र २ बराबरीको नतिजा ब्यहोरेको छ । फ्रेन्ड्सको मात्र एक अंक छ । तीन हार र एक बराबरीको नतिजाले उसलाई लिगको पुछारदेखि दोस्रोमा राखेको छ ।
पाँचौ चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाईज क्लब र जावालाखेल युथ क्लब भिड्नेछन् । हलचोक मैदानमा दिउँसो साढे २ बजे उत्रदै गर्दा दुवै टोली अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछन् ।
ब्रिगेडले १ जित र तीन हारको नतिजा सहित ३ अंक जोडेर तालिकाको १० औ स्थानमा छ । विभागीय टिम एपीएफविरुद्वको फराकिलो जित उसको स्मरणीय नतिजा हो ।
जावलाखले ३ हार र १ बराबरी सहित एक अंक जोडेर तालिकाको १२ औ स्थानमा छ ।