काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शनिबार पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह 'सी' मा रहेको पोल्याण्ड र साउदी अरेबियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
पोल्याण्ड आज पहिलो जितमा खोजीमा हुनेछ । पहिलो खेलमा पोल्याण्ड मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
यता, साउदीले पहिलो खेलमा सनसनीपूर्ण जित निकालेको थियो । साउदीले अर्जेन्टिनालाई २-१ ले हराएको थियो ।
पोल्याण्डविरुद्ध मैदान उत्रदा साउदी अर्को अप्रत्यासित नतिजा निकाल्न चाहन्छ । यस्तै लगातार दोस्रो जित निकाल्दै साउदी नकआउट चरणमा स्थान पक्का गर्ने योजनामा हुनेछ ।
हेड टु हेड -
इतिहास हेर्दा साउदीविरुद्ध पोल्याण्ड बलियो छ । हालसम्म दुई टोलीबीच ४ खेलमा प्रतिस्पर्धा भएको छ । सबै खेल पोल्याण्डले जितेको छ । यस खेल दुई टोलीबीचको पाँचौं भेट हो ।
सम्भावित सुरुआती- ११
पोल्याण्ड - वोजसिएच स्जेस्नी, जान बेड्नारेक, कामिल जिल्क, जान बेड्नारेक ,जाकुब किविओर, रोबर्ट गुम्नी, सिमोन जुर्कोस्की, जेगोर्ज क्राइचोविक, सेबास्टियन सिमान्स्की, प्रजेमिस्लाव फ्रान्कोव्स्की, रोबर्ट लेवान्डोस्की, एर्काडिअस मिलिक
साउदी अरेबिया - अल ओवेस, अल बुरेक, अलअम्री, अल बुलाही, ब्रिकान, कान्नो, अलमल्की, अल शेहरी, अल फराज, सलिम अल डाअसारी, अल बुराइकन
प्लेयर्स टु वाच -
यस खेलमा पोल्याण्डका रोबर्ट लेवान्डोस्की र साउदीका सलिम अल डाअसारी प्लेयर्स टु वाचमा रहने छन् ।