काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शनिबार ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।
समूह 'डी' मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल अल जानुब स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
ट्युनिसिया र अष्ट्रेलिया आज पहिलो जितको खोजीमा हुनेछन् । ट्युनिसियाले पहिलो खेलमा बराबरी खेलेको थियो भने अष्ट्रेलिया पराजित भएको थियो ।
ट्युनिसियाले पहिलो खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । नकआउट चरणमा पुग्नका लागि ट्युनिसियालाई खेल जित्नैपर्ने दबाब छ ।
अष्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४-१ ले पराजित भएको थियो । नकआउट चरणको सम्भावना जीवित राख्न अष्ट्रेलियालाई यस खेल जित्नैपर्ने हुन्छ ।
यस समूहमा फ्रान्स ३ अंक जोडेर शीर्ष स्थानमा रहदा ट्युनिसिया १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । डेनमार्क १ अंकसहित तेस्रो तथा अष्ट्रेलिया अंक विहीन पुछारमा रहेको छ ।
हेड टु हेड -
ट्युनिसिया र अष्ट्रेलियाबीच हालसम्म दुई खेल भएको छ । जसमा दुबै टोलीले एक एक खेल जितेका छन् ।
दुई टोलीबीच यो तेस्रो खेल हो ।
सम्भावित सुरुआती-११
ट्युनिसिया - दहमेन, ब्रोन, मेरिया, तालबी, ड्रेगर, स्खिरी, लाइदौनी, अब्दी, खजरी, जेबाली, मस्कनी
अष्ट्रेलिया - रायन, एट्कीन्सन, साउटर, रोवलेस, बेहिच, मोय, लेक्की, इर्भिन, म्याकग्री, गुडविन, डुक
प्लेयर्स टु वाच -
यस खेलमा ट्युनिसियाका एलिस स्खिरी र अष्ट्रेलियाका माथ्यु लेक्की प्लेयर्स टु वाचमा रहेका छन् ।