काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सेनेगलले पहिलो जित निकालेको छ ।
अल थुमामा स्टेडियममा शुक्रबार भएको खेलमा कतारलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगलले पहिलो जित निकालेको हो ।
सेनेगल जारी विश्वकपमा जित निकाल्ने पहिलो अफ्रिकन राष्ट्र हो ।
खेलको ४१ औं मिनेटमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४८ औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगललाई २-० को अग्रता दिलाए ।
खेलको ७८ औं मिनेटमा मुहमद मुन्तारीले गोल गर्दै कतारलाई २-१ को स्थितिमा ल्याए ।
मुन्तारीको गोल विश्वकपमा कतारको यो पहिलो ऐतिहासिक गोल हो ।
त्यसपछि खेलको ८४ औं मिनेटमा बाम्बा डिङले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए ।
जितसँगै समूह 'ए' को सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।
सेनेगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
कतारको यो लगातार दोस्रो हार हो । कतार अंक विहीन रहदै पुछारमा रहेको छ ।
कतार प्रतियोगिताको समूह चरणबाट बाहिरिने संघारमा रहेको छ ।
शुक्रबार हुने खेलमा इक्वेडरविरुद्ध नेदरल्यान्ड्सले हार नव्यहोरेमा कतार प्रतियोगिताबाट बाहिरिने छ ।