काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।
अल बायत स्टेडियममा बुधबार भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर पाएको थियो । तर, गोल गर्न सकेनन् ।
साविक उपविजेता क्रोएसियाले बलमा पकड जमाएको थियो । तर, थुप्रै अवसर सिर्जना गरेपनि क्रोएसिया गोल गर्न सफल भयो ।
यस बराबरीसँगै क्रोएसियाले पहिलो खेलमा १ अंक जोडेको छ ।
समूह 'एफ' मा रहेको क्रोएसिया शीर्ष स्थानमा रहेको छ ।
मोरक्को १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ ।
बेल्जियम र क्यानडाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।