काठमाडौं । बेल्जियमले आज बुधबार राति क्यानडासँग खेल्दै कतार विश्वकपको सुरुआत गर्दैछ ।
बेल्जियमले अहमद बिन अलि स्टेडियममा क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह 'एफ' मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
सधै उपाधि दाबेदार मानिने बेल्जियम क्यानडालाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
तर, बलियो क्यानडाविरुद्ध बेल्जियमलाई सहज भने हुनेछैन । क्यानडा पनि बेल्जियमलाई हराएर पहिलो खेलमा ३ अंक जोड्न चाहन्छ ।
बेल्जियम मुख्य स्ट्राइकर रोमेलु कुकाकु बिना मैदान उत्रनेछ । थाइ इन्जुरीका कारण उनले पहिलो खेल गुमाउने छन् ।
यता, क्यानडाका कप्तान अल्फन्सो डाभिस चोटबाट मुक्त हुँदै बेल्जियमविरुद्ध मैदान उत्रने छन् ।
हेड टु हेड -
क्यानडा र बेल्जियमबीच यो दोस्रो खेल हो । यस अघि भएको एक खेलमा बेल्जियमले जितेको छ ।
१९८९ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमले क्यानडालाई २-० ले हराएको थियो ।
सम्भावित सुरुआती-११
बेल्जियम - थिबाउट कोर्टुआ, डिबास्ट, एल्डरवेइरेल्ड, जान भेर्टोनघेन, थोमस मुनिएर, युरी टेलीमान्स, केभिन डी ब्रुएन, कारास्को, मिखी बात्सुआई
क्यानडा - बोर्जान, जोन्सटन, डाभिस, भिक्टोरिया,लार्येया,हन्चीसन, युस्टाकियो, एडेकगुबे, बुचानन, डेविड, लारिन
प्लेयर्स टु वाच -
यस खेलको प्लेयर्स टु वाचमा बेल्जियमका केभिन डे ब्रुएन र क्यानडाका जोनाथन डेभिड रहेका छन् ।