काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले साविक विजेता फ्रान्स र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
दोहास्थित अल जानुब स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्सले २-१ गोलको अग्रता बनाएको छ ।
खेलमा सुरुआती अग्रता भने अष्ट्रेलियाले बनाएको थियो ।
खेलको नवौं मिनेटमा क्रेग गुडविनले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर,२७ औं मिनेटमा एड्रिन राबिओटले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ३२ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाएका छन् ।
फ्रान्सका लागि उनको यो ५० औं गोल हो ।