काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोल्याण्डले मेक्सिकोसँग बराबरी खेल्दै अंक बाडेको छ ।
दोहास्थित स्टेडियम ९७४ मा मंगलबार राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो ।
कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाड्नु परेको हो ।
खेलको ५८ औं मिनेटमा लेवान्डोस्की पेनाल्टीमा गोल गर्न असफल भए । उनको प्रहार मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे ।
मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि भीएआरको सहायताबाट रेफ्रीले पोल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो । तर, पोल्याण्डले त्यसलाई सदुपयोग गर्न सकेन ।
त्यस बाहेक दुबै टोलीले पाएको अन्य अवसरलाई समेत सदुपयोग गर्न सकेनन् ।
यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ । समूह 'सी' मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ।
मेक्सिको १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
साउदी अरेबिया ३ अंक जोडेर शीर्ष र अर्जेन्टिना अंक विहीन रहदै पुछारमा रहेको छ ।