काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अहिले नेदरल्यान्ड्स र सेनेगलबीच प्रतिस्पर्धा भईरहेको छ ।
दोहास्थित अल थुमामा स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेदरल्यान्ड्स र सेनेगलले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुबै टोलीले केहि गोलको अवसर पाएको थियो । तर, दुबै टोलीले त्यसलाई सदुपयोग गर्न सकेनन् ।
सेनेगल आज नेदरल्यान्ड्सलाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । नेदरल्यान्ड्स पनि सेनेगललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।
