काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत अहिले इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा भईरहेको छ ।
खालिफा इन्टरनेसनल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्डले ३-० गोलको अग्रता बनाएको छ ।
पहिलो हाफमा इंग्ल्यान्डका लागि जुड वेलिङघम, बुकायो साका र रहिम स्ट्रर्लिङले एक एक गोल गरेका छन् ।
खेलको ३५ औं मिनेटमा वेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए । इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो ।
खेलको ४४ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको अग्रता २-० को बनाए ।
पहिलो हाफको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमा ३-० ले अघि रहेको हो ।
