काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले १ - १ गोलको बराबरी खेलेका छन् ।
खेलमा सुरुवाती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो । खेलको २६ औं मिनेटमा विकास लामाले गोल गर्दै फ्रेन्ड्सलाई १ - ० को अग्रता दिलाए ।
तर, खेलको पहिलो हाफको इन्जुरी समयमा अरुज सिंहले गोल गर्दै जावलाखेललाई १ - १ गोलको बराबरीमा ल्याए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । किनकि दुवै टोलीको लक्ष्य पहिलो अंक जोड्नु रहेको छ । <iframe width="560" height="315" src="https://mycujoo.tv/embed/366?id=28896" frameborder="0" allow="autoplay; fullscreen" allowfullscreen></iframe>
दुवै टोली लिगका पुछारका टोली हुन् । दुवै टोली अंक विहिन छन् ।
जावलाखेल १३ औ स्थानमा रहदाँ फ्रेन्ड्स १४ औ स्थानमा छ ।