काठमाडौं– अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा शनिबारदेखि १० दिनको आईटीटीएफ लेभल टु कोर्स सुरु भएको छ ।
लैनचोरस्थित टेबल टेबल प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो ।
कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गर्नेछिन् ।
उनी आईटीटीएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ हुन् । नेपालमा आईटीटीएफको लेभल टुको कोर्स हुन लागेको यो तेस्रो पल्ट मात्र हो ।
कार्यक्रममा तीन महिलासहित कुल १९ प्रशिक्षकको सहभागी रहेको छ । यस कार्यक्रमपछि नेपाली टेबल टेनिसले कुनै पनि देशको राष्ट्रिय टिम सम्हाल्न प्रशिक्षक पाउने छ ।
अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले कार्यक्रमको उद्घाटन गरेका थिए ।