काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम एपीएफ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
आज मनाङ जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लन चाहन्छ । लिगमा सतप्रतिशत जित निकाल्ने मनाङ एक्लो टोली हो । एपीएफले एक हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ । चरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाईजलाई पराजित गरेको थियो ।
एपीएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोल रहित बराबरी खेलको थियो । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको उसले तेस्रो खेलमा ब्रिगेड ब्वाईजसंग पराजित हुन पुगेको थियो ।
मनाङ ३ खेलबाट ९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । एपीएफ ४ अंक सहित आठौ स्थानमा छ ।