बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रिन्स भन्छन्, 'ओलम्पिकको टार्गेट गरिरहेको छु'

बिहिबार, ०३ कार्तिक २०७९खेलपाटी संवाददाता
प्रिन्स भन्छन्, 'ओलम्पिकको टार्गेट गरिरहेको छु'
Loading ad...
mustang rice ad

काठमाडौं । ब्याडमिन्टनका नयाँ स्टार प्रिन्स दाहालले नवौं राष्ट्रिय खेलकुदमा बुधबार एकल स्पर्धामा स्वर्ण जिते । जुनियर वरियतामा विश्व नम्बर एकसम्म पुगेका प्रिन्सले नवौं राष्ट्रियको स्वर्ण जित्न खासै मेहनत गर्न परेन । फाइनलमा उनले पुलिसका बिष्णु कटवाललाई सहजै २१–१२ र २१–९ ले पाखा लगाए ।

विश्व नम्बर एक वरियतामा पुगेपछि प्रिन्ससँग एउटा ठुलो चुनौती थियो, उनीले कति समयसम्म आफ्नो सर्वश्रेष्ठता जोगाउछन् भनेर । उनी लामो समय नम्बर एकमा बसिरहन त सकेनन् । तर ब्याडमिन्टनको इतिहासमा उनी जुनियर वरियताको नम्बर एक स्थानसम्म पुगेर आफु र नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउन काम गरे ।

नम्बर एकको उपाधि चुमेपछि प्रिन्स अन्तराष्ट्रिय एरिनामा कमै देखिएका थिए । उनले लगातार अंक गुमाउँदै गए । विश्व नम्बर एकसम्म पुगेका प्रिन्स किन अन्तराष्ट्रिय कोर्टमा सेलाए त ? 
‘चोट बोकेको थिए । अभ्यास पनि भएको थिएन । यतिकै खेल्न के जानु भनेर गईन् ।’ राष्ट्रिय प्रतियोगितामा पहिलो स्वर्ण जितेका प्रिन्सले भने ।

प्रिन्सले सातौं संस्करणबाट राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेका थिए । सुरुवातको संस्करणका इभेन्टमा उनी पहिलो, दोस्रो चरणबाट बाहिरिएका थिए । आठौं राष्ट्रियमा उनी कास्यसम्म पुगे । नवौंमा उनलाई रोक्ने कोही भएन । पछिल्ला तीन वर्षमा उनले प्राप्त गरेका उपलब्धि साना छैनन् ।

‘एकदमै खुसी छु । राम्रो ट्रेनिङ गरेको थिए । जित्न पर्छ भन्ने थियो । अन्तराष्ट्रिय रुपमा पनि राम्रो गर्न पर्छ भन्ने छ ।’ प्रिन्सले भने, ‘मलेसियामा अभ्यास गरे । त्यो राष्ट्रिय खेलकुदका लागि पनि थियो । ओलम्पिकका लागि पनि हो ।’

‘मलेसियामा अभ्यास गर्दा राम्रो सहयोग गर्यो । रेगुलर खेल्न र अभ्यास गर्न पाए । अहिले सिनियरतिर फोकस गरिरहेको छु । जुनियरको उमेर नि जान लाग्यो । अब ओलम्पिकको टार्गेट गरिरहेको छु ।’ उनले थपे ।  

नेपाली ब्याडमिन्टन कोर्टका राजकुमार मानिने प्रिन्सले प्राय अधिकांश घरेल प्रतियोगितामा लगातार उपाधि जितिरहेका छन् । त्यसो भए राष्ट्रिय प्रतियोगितामा प्राप्त स्वर्णले के अर्थ राख्छ त ?

‘एकदमै फरक अर्थ राख्छ छ । यो दुई वर्षको एकचोटी हुन्छ । एकदमै ठुलो गेम हो । धेरै पोइन्ट आउछ । यसले अन्तराष्ट्रिय रुपमा पनि सहज हुन्छ ।’ प्रिन्सले भने । 

नेपाली ब्याडमिन्टन कोर्टका स्टाइलिस्ट प्लेयर मानिने प्रिन्सलाई घरेलु खेलकुदमा लामो रेसको घोडा मानिएको छ । ब्याडमिन्टनबाट सानै उमेरमा ठुलो अन्तराष्ट्रिय सफलता हासिल गरेका प्रिन्सले भविष्यलाई कसरी हेरिरहेका छन् त ? 

‘अब सिनियरमा जाने हो । उपाधि जित्ने हो । ओलम्पिकमा केही गर्ने लक्ष्य छ ।’ नेपाल पुलिस क्लबमा भर्खरै एक वर्षको सम्झौता गरेका प्रिन्सले भने । 
 

Loading ad...
LiNing Ad
#प्रिन्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा