पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको एकलतर्फ प्रिन्स दाहाल र रशिला महर्जनले स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालाको कभर्डहलमा बुधबार पुरुष एकलमा पुलिस क्लबका प्रिन्स र महिलामा आर्मीकी रशिलाले स्वर्ण पदक जितेका हुन् ।
प्रिन्सले फाइनलमा पुलिसकै बिष्णु कटवाललाई २१-१२ र २१-९ ले पराजित गरे ।
लुम्बिनीका इरफान अन्सारी र आर्मीका प्रफुल महर्जनले कास्य पदक जिते ।
महिलातर्फ रशिलाले आर्मीकै अनुमाया राईलाई हराएर स्वर्ण जितेकी हुन् ।
आर्मीकी अमिता गिरि र प्रदेश १ की नङ्सलदेवी तामाङले कास्य पदक हात पारेकी छिन् ।