आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
  4. /
  5. एक अपहेलित च्याम्पियनको कथा

एक अपहेलित च्याम्पियनको कथा

२०२२ अक्टोबर १७, सोमबारहेम राज हमाल

एक अपहेलित च्याम्पियनको कथा

काठमाडौं । उसो त कर्णाली प्रदेशका दुर्गाबहादुर बुढा आफु दौडिनकै लागि जन्मिएको बताउँछन् । उनकै भाषामा भन्नुपर्दा एथ्लेटिक्स नसा नसामा बगेको छ । उनी जुन भुगोलबाट आउँछन्, त्यो क्षेत्र आफैमा धावकहरुको भूमि हो ।

पश्चिमको बिकट जिल्ला मानिने जुम्लाबारे कथन छ, 'यहाँ हरेक घरले धावक जन्माउँछ’ । यिनै मध्य केहिले मात्र अनेकौं बन्धन पार गर्दै सफलताका कथा रच्छन् । अधिकाशले भोको पेटसँगको संघर्षमा आफ्ना सपनालाई तिलान्जली दिन्छन् ।

दुर्गाको सवालमा भने भोको पेटले उनको महत्वाकांक्षाको सामु घुँडा टेक्यो । जीवनका बाधाहरू उनको अघि पर्खाल बनेर उभिए । आफ्नालाई काखी च्यापेर वास्तविक क्षमतालाई चिन्न नसक्ने नेपाली खेलकुदको तितो यथार्थको उनी सिकार भए ।

उनै कर्णालीका दुर्गाबहादुर बुढा पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा ३ हजार मिटर स्टिपल चेजमा  च्याम्पियन बने । दुर्गम कर्णालीको कथा भनि साध्य छैन । राज्यको हरेक संयन्त्रबाट सधै उपेक्षित बन्दै आएको क्षेत्र हो, कर्णाली । अझ कर्णाली खेलकुदमा कति उपेक्षामा छ भन्ने कुरा नवौं संस्करणको राष्ट्रिय खेलकुदमा आइरहेको नतिजाले बताइरहेको छ । तर दुर्गा त्यो परिवेशबाट माथि उठेर नेपालकै च्याम्पियन बन्न सफल भएका छन् । 

नवौं राष्ट्रिय खेलकुद अन्तरर्गत पोखरा रंगशालमा भएको सोही स्पर्धामा उनले राष्ट्रिय कीर्तिमान बनाउदै कर्णालीका लागि पहिलो स्वर्ण जिते । यतिमात्र होइन ८ मिनेट ५५ दशमलब १९ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै १८ वर्ष पुरानो कीर्तिमान तोडे । सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भन्डारीले राखेको ८ मिनेट ५७ दशमलब ३० सेकेन्डको कीर्तिमानलाई दुर्गाले भंग गरेका छन् । उनले अन्ततः ३२ बर्षको उमेरमा सबै पर्खाल तोड्दै इतिहास रचे ।

तर, उनले स्वर्ण जितिरहँदासम्म पनि विवादले भने उनलाई छाडेको छैन । यहाँ पनि एउटा विवाद सुरु भयो । भारतीय आर्मीमा जागिरे उनीले भारतको प्रतिनिधित्व गर्दै त्यहाँ थुप्रै राष्ट्रिय प्रतियोगिता खेलेका छन् । अझ भनौ उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतको प्रतिनिधित्व समेत गरेका छन् । यसरी हेर्दा उनी दुई देशका राष्ट्रिय च्याम्पियन बनेका खेलाडी हुन् ।

२०१७ सालमा ३ हजार मिटर स्टिपल चेजमा दुर्गाले भारतको प्रतिनिधित्व गर्दै एसियन च्याम्पियनसिप खेलेका थिए । भुवनेश्वमा भएको सो च्याम्पियनसिपमा उनी आठौं स्थानमा रहेर टुङ्गाएका थिए । उनी १० हजार र स्टिपल चेजमा भारतका लागि राष्ट्रिय च्याम्पियन हुन् । उनी २०१९ मा पुनेमा भएको १० किलोमिटरमा च्याम्पियन बनेका थिए । सोही वर्ष भएको स्टिपल चेजमा पनि उनीनै च्याम्पियन बने ।

उनी भारतको राष्ट्रिय प्रतियोगिताको स्टिपल चेजमा पाँच पटक दोस्रो बनेका छन् । उनले भारतमा दौडका विभिन्न २५ विधामा प्रतिस्पर्धा गरेका छन् । उनले भारतबाटनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको भन्दै तीन विभाग र गण्डकी प्रदेशले उनीमाथि प्रोटेस्ट हाले । राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्न नखोज्नु प्रोटेस्ट हाल्नुको मुख्य काराण थियो ।

तर, प्रतियोगिताको प्राविधिक उपमितिले राष्ट्रिय खेलकुद संचालन निर्देशिका र नवौं राष्ट्रिय खेलकुद २०७९ को प्राविधिक पुस्तिकामा स्पष्ट नरहेको भन्दै प्रोटेस्टलाई सदर गरेन ।

विश्व एथलेटिक्स महासंघमा दुर्गाको नाम भारतीय खेलााडीको रुपमा दर्ता छ । उनले अब अर्को देशबाट खेल्ने विश्व एथलेटिक्स महासंघमा दर्ता भएको राष्ट्रियता परिवर्तन गर्न कम्तिमा पनि ७ वर्ष लाग्ने नियम छ । त्यसैले पनि उनले नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन निकै गाह्रो छ । तर, राष्ट्रिय प्रतियोगिता मात्रै खेल्न नेपाल आउने गरेका उनी यसलाई सामान्य मान्दछन् । उनी एक एनओसीको भरमा सबै सम्भव हुने जिकिर गर्छन् । उनी भारत जानु र भारतबाट खेल्नुमा खेलको नियमभन्दा भावनामा बढी बगे ।

नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पनि उनले कर्णालीको प्रतिनिधित्व गरेका थिए । आठौंमा उनले १० हजार मिटरमा स्वर्ण, ५ हजार मिटर र म्याराथनमा रजत पदक जितेका थिए । तयसैलाई आधार मानेर १३ औं सागका लागि उनलाई नेपाल एथलेटिक्स संघले दक्षिण एसियाली खेलकुदका लागि बोलाएको थियो । तर, उनी आउन मानेनन् । सागका लागि राखेपले राखेको दुई महिनाको बन्द प्रशिक्षणमा रहन नसक्ने उनको प्रतिक्रिया थियो ।

यसको अर्को कारण उनले भारतबाट साग खेल्ने खोजेका थिए । उनले भारतमा छनोट पनि खेले । तर, भारतमा उनी छनोट नभएपछि नेपालमा भएको १३ औं साग गुमाएका थिए । यद्धपी उनका प्रशिक्षक हरी रोकायाले दुर्गा अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएकाले नेपालमा अन्य खेलाडीलाई अवसर दिएको बताउँछन् ।

दुर्गाको योजना नवौं राष्ट्रिय खेलकुदमा पनि १० हजार मिटरमा कुद्ने थियो । तर, पहिलो प्राथमिकता स्टिपल चेज रहेकाले प्रतिस्पर्धाको समय जुध्न पुग्यो । तालिका अनुसार आरामको समय नपाउने भएपनि दुर्गाले स्टिपल चेज र ५ हजार मिटर रोजेका हुन् । उनले अब बिहिबार ५ हजार मिटरमा प्रतिस्पर्धा गर्नेछन् ।

दुर्गाको अनुभव भिन्न छ । उनले नेपालमा खेल्ने तिव्र इच्छा हुँदाहुँदै पनि धेरै अवसरबाट उनलाई बन्चित गरियो । यसक्रममा उनले धेरै दुव्र्यवहार पनि सहनुपरेको छ । अहिले उनी स्वर्णको खुसीयाली मनाउँदै गर्दा बिगत सम्झेर आक्रोशित पनि हुन्छन् । अब उनले आफ्नो लक्ष्य प्रष्ट राखेका छन् । नेपालको तर्फबाट एसियाली र ओलम्पिकसम्म सहभागिता जनाउने । त्यसको लागि डाइट र ट्रेनिङमा बिशेष फोकस गर्ने ।

नेपाली खेलकुदमा अन्य क्षेत्रका खेलकर्मीको कर्णालीप्रतिको दृष्टिकोण दयालु र कारुणिक छ । कुनै टिम वा खेलाडीको कर्णालीविरुद्ध खेल्छ भने नतिजा पहिल्यै निकाली सक्ने मानसिकता छ । बाहिरी नजरमा देखिने ’बिचरा कर्णाली’लाई पनि यदी राज्य र सम्बन्धित निकायले समान अवसर दिन्छ, प्राथमिकतामा राख्छन् भने त्यहाँबाट पनि घर घरमा च्याम्पियन निस्कनेछन् भन्ने कुराको गतिलो उदाहरण दुर्गा बहादुर बुढा बनेका छन् ।

एक अपहेलित च्याम्पियनको कथा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नाइट रन स्थगित

नाइट रन स्थगित

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

हाँडीगाउँमा भदौ २१ गते डबली सर्किट रन हुने

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

Bhat Bhateni
नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु