काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक चौथो दिनमा लुम्बिनी प्रदेशले पहिलो स्वर्ण जितेको छ ।
सोमबार पोखरा रंगशालामा भएको डिस्कस थ्रोमा लुम्बिनीले पहिलो स्वर्ण हात पारेको हो । लुम्बिनीका लागि महिला स्पर्धामा संगिता अधिकारीले स्वर्ण पदक हात पारिन् ।
उनले ३५ दशमलव १० मिटर थ्रो गर्दै स्वर्ण पदक जितेकी हुन् ।
स्वर्ण पदक विजेता संगितालाई लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले भेटेर बधाई दिएका थिए । सोही स्पर्धामा एपीएफकी जीतकुमारी महतो दोस्रो र आर्मीकी मिलन बुढामगरले तेस्रो बनिन् ।
एथलेटिक्समा आईतबार लुम्बिनीकी निशा चौधरीले १०० मिटर दौडमा हिट चरणमा राष्ट्रिय कीर्तिमान राखेपनि स्वर्ण पदक जित्न असफल भएकी थिईन् ।
नवौंमा हालसम्म ८७ स्वर्णको छिनोफानो हुँदा आर्मी ३८ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ ।
एपीएफ १२ स्वर्ण सहित दोस्रो र एपीएफ ११ स्वर्ण सहित तेस्रो स्थानमा छ । बागमती १० स्वर्ण सहित चौथों स्थानमा छ ।