पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबल टेनिसको मिक्स डबल्समा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ ।
पोखराको कोल्मा बहाकोट तमु समाजमा आइतबार मिक्स डबल्समा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो ।
पुलिसले आर्मीलाई ११७, ५-११, ८-११, ११-५,९-११ ले हराएको हो ।
यसैगरी वुमन्स डबल्सतर्फ एपीएफले पुलिसलाई ११-९, ८-११, ११-९, ९-११, ७-११ ले हराएर स्वर्ण जितेको हो ।
मिक्स डबल्समा आर्मीले रजत पदक जित्दा एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् ।
यस्तै वुमन्स डबल्सतर्फ पुलिसले रजत पदक हात पार्दा बागमती र पुलिसले कास्य जितेको हो ।
मेन्स डबल्समा पुलिस र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल सोमबार हुनेछ ।